Ads

Wednesday, September 18, 2013

"Thapa" - Meaning - in Nepali

"
थापा मगरहरूबारे संक्षिप्त चर्चा
_____________________

'थापा' अर्थात् 'थापा मगरहरु'लाई "नेपालको मगरातमा प्रचलित एक प्रसिद्ध थर" भनेर मगर भाषाको प्रसिद्ध कोशकार अर्थात् "मगर (ढूट) - खस-अंग्रेजी शव्दकोश" (प्रथम संस्करण असार २०६६ तदनुसार जून २००९ ) का प्रधान सम्पादक श्री हिरासिंह थापा (सोमसेन मगर) ले सो शव्दकोषको पृष्ठ ४२७ मा लेख्नु भएको छ ।

यसकुरालाई अरु स्पष्ट गर्दै उहाले "पूर्व मध्यकालतिर मगराँतको सिंजासाम्राज्यमा, महासामन्त सम्मको पदवी (नेपाली इतिहासकारहरुको मत), लोकको स्वामी" समेत भनेर लेख्नु भएको छ ।

उहाले यो 'थापा' शव्दको वर्णविन्यास यसरी गर्नु भएको छ : 'ठापा' > 'टापा' = 'टा' > घोडा + 'पा' > 'स्थान' वा 'ठाउँ' = 'घोडा हुने ठाउँ ' भ्रंश हुदै 'ठापा' > 'थापा' ।

यस 'थापा' शव्दलाई उहाले 'ठाहापा' पनि लेख्नु भएको छ । 'ठाहापा'लाई कालान्तरमा 'ज्ञानको मन्त्रणा गर्ने मन्त्री (वा) उत्तर-मध्यकालको काजी' भनेर पनि लेख्नु भएको छ ।

तर, हाम्रो भनाई अलिक फरक छ । त्यो के हो भने यो 'थापा' शव्द भोट-बर्मेली परिवारको हो । यसको अर्थ यसरी लगाउनु उपयुक्त हुन्छ : 'था' > सीमाना + 'पा'> 'मानिस', 'मान्छे' = अर्थात् 'मुलुकको रक्षा गर्ने, रक्षक, शूरवीर, प्रशासक' इत्यादि ।

अन्य मगरहरुको थर बारे बिस्तारै पोष्ट गरिनेछ ।

झोरा । "
 
Source: https://www.facebook.com/pages/The-Magars-Their-History-Language-and-Culture/171605959649718?hc_location=stream